उमाकुण्ड गाउँपालिकामा आजदेखि सबै बिद्यालय बन्द

| बैशाख १४, २०७८ मंगलबार

फाइल फोटो उमाकुण्ड १ गुम्देल श्री महालङ्गुर मा.वि.का बिद्यार्थी
A A A
A A A

१४ वैशाख, मन्थली । रामेछाप जिल्लामा भौतिक रुपमा उपस्थित् भएर हुने पठनपाठन बन्द गर्ने क्रम बढेको छ ।

 

स्थानीय तहहरुले सूचना प्रकाशन गर्दै भौतिक रुपमा हुने पठनपाठन् बन्द गर्न थालेका हुन् । विश्वभरी माहामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण दिनानू दिन बढ्न थालेपछि जिल्लाका स्थानीय तहहरुले बिद्यालय बन्द गर्न थालेका हुन् ।

 

आजमात्रै जिल्लाका दुई गाउँपालिकाले सूचना प्रकाशित् गर्दै अर्को सूचना जारी नहुँदा सम्मको लागि भौतिक रुपमा हुने पठनपाठन् बन्द गरेका छन् । 


जिल्लाको सुनापति गाउँपालिकामा सोमबार गाउँ शिक्षा समितिको बैठक बसी आजदेखि लागू हुने गरि भौतिक रुपमा हुने पठनपाठन बन्द गरेको छ । 


त्यस्तै उमाकुण्ड गाउँपालिकाले पनि पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत् बिद्यालयमा भौतिक रुपमा पठनपाठन् बन्द गरेको सूचनामार्फत जानकारी दिएको छ ।

गाउँपालिकाले वार्षिक परीक्षा सम्बन्धमा भोली बुधबार बस्ने गाउँपालिका स्तरीय परीक्षा समितिको बैठले निर्णय गर्ने तयारी रहेको जनाएको छ। त्यहाँ पालिकाले वार्षिक परीक्षाको तालिका भने यसअघिनै प्रकाशित गरिसकेको छ । 

सूचना हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार