मन्थली बजार पारी जंगलमा लागेको आगो नियन्त्रणमा आएन (फोटोफिचर)
फाइल फोटो मन्थली बजार नजिकै लागेको डढेलो
१४ वैशाख, मन्थली । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका नडा नं ६ भलुवाजोरको जंगलमा हिजो (सोमबार) साँझदेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन् ।
सोमबार साँझ करिब ५ बजेदेखि लागेको आगो अहिले पनि लागिरहेको छ । आगो के कारणले लागेको भन्ने खुलेको छैन् । तर, डढेलोले मन्थली बजारबाट नजिकैको भिरालो जंगल सख्खाप् पारेको छ ।
आगो अहिले पनि निरन्तर लागि रहेको छ ।
आगो बस्ति नजिकै आउन थालिसकेको छ । भिरालो जमिन्रजंगल भएकाले दम्कल पनि जाने ठाउँ नभएकाले आगो नियन्त्रण बाहिर गएको छ ।
आगो निभाउन कसैले चासो पनि देखाएका छैन् । जिल्लामा केही महिना यतामात्रै दर्जनौ आगोलागीका घट्ना भएका छन् ।
फोटो मिलन घिमिरे/रामेछाप टाइम्स