राकाथुममा रोकिएको मतदान जेठ २ गते गर्न जिल्ला निर्वाचनले माग्यो आयोगसंग सहमति

| बैशाख ३१, २०७९ शनिबार

सांकेतिक तस्विर ।
A A A
A A A

३१ वैशाख, रामेछाप । जिल्ला निर्वाचन आयोग रामेछापले हिजो शुक्रबार खाँडादेवी गाँउपालिका वडा नम्बर १ राकाथुममा हुन नसकेको मतदान आउँदो जेठ २ गते गर्न माग गरेको छ । 

 

 

आज जिल्ला निर्वाचन आयोगले रामेछापले आठ वटै स्थानीय तहका ६३ वडामा सम्पन्न भएको निर्वाचनको मतपरिणाम सहितको विवरण राख्दै यस्तो जानकारी गराएको हो । जिल्ला निर्वाचन आयोगले राकाथुमको रोकिएको मतदान सोमबार गर्ने आयोगसंग सहमति मागेको जनाएको छ । 

 

हिजो बिहान राजनीतिक दलहरुबीच मतदान गर्ने क्रममा मतदान केन्द्रमा विवाद हुँदा मतदान रोकिएको थियो । विवाद मिलाउने प्रयास असफल भएपछि मतदान अनिश्चित कालको लागि स्थगित भएको थियो । ‘रोकिएको मतदान २ गते हुने भएको छ मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले रामेछाप टाइम्ससंग भने ।’ 

 

अन्य ६३ वडामा भने रामेछापका छिट्फूट बाहेक शान्तिपूर्ण रुपमा मतदान सकिएर मतपरिणाम आउने क्रम सुरु भएको छ ।