दुरागाउँमा एमालेको प्यानलै बिजयी

| जेठ १, २०७९ आइतबार

बिजयी उम्मेद्वारहरु ।
A A A
A A A

१ जेठ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँमा नेपाल कम्युनिष्ट् पार्टी (एमाले) को प्यानलै बिजयी भएको छ । 

 

गएराति सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वारलाई पछि पार्दै एमालेका प्रदिप कुमार तामाङसहित प्यानलै बिजयी भएको हो । यद्यापी निर्वाचन समितिले औपचारिक घोषणा भने गर्न बाँकि छ । 

 

 

बिजयी हुनेमा वडा सदस्यमा ध्रुव कार्की, विमल सुनुवार, खिट कुमारी थापा, र शर्मिला खुट्टे हुन् । सुरुवाती अग्रता लिएको कांग्रेसले त्यहाँ पराजय भोगेको छ ।