मन्थली नगरपालिका २ मा एमालेको प्यानलै बिजयी

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं २ कठजोरमा एमालेका उम्मेद्वार बिजयी भएका छन् । 

 

 

राष्ट्रिय युवासंघ नेपाल रामेछापका उपाध्यक्ष समेत रहेका सुरेन्द्र कार्कीले नेपाली कांग्रेसका उम्मेद्वारलाई पछि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

 

 

सुरेन्द्र एमालेबाट उम्मेद्वार बनेका उनका बुबाको निधन भएपछि बुबाको ठाउँमा वडा अध्यक्षको उम्मेद्वार बनेका थिए । किरिया पुत्री बसेकै बेला मतदान गरेका कार्कीले बिजयी पाएका हुन् । 

 

कसले कति मत पाए हेर्नुहोस्