राकाथुममा वैशाख ३० गते रोकिएको मतदान आज उत्साहाजनक रुपमा हुदै

| जेठ २, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

२ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा बिहान ७ बजेदेखि उत्साहा जनक रुपमा मतदान भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । ‘बिहान ७ बजेदेखिनै उत्साहा जनक रुपमा मतदान भैरहेको छ मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले रामेछाप टाइम्ससंग भने ।’

 

 

गत बैशाख ३० गते शुक्रबार विबादको कारण रोकिएको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । 

 

 

त्यहाँ करिब २८ सय मतदाता रहेका छन् । राजनीतिक दलहरुमा भएको विवाद मिल्न नसकेपछि त्यहाँको निर्वाचन बिथोलिएको थियो । 

 

वडा नं १ को मतदान स्थगित भएपछि खाँडादेवी गाउँपालिकाको मतगणना हुन सकेको छैन् ।