रामेछापमा आज १४ जनामा कोरोना पुष्टि : २६ पुग्यो संक्रमितको संख्या,

| बैशाख १५, २०७८ बुधबार

संकेतिक फोटो
A A A
A A A

१५ बैशाख, मन्थली । रामेछाप जिल्लामा एकैदिन १४ जनालाई कोरोना पुष्टि भएको छ । योसंगै जिल्लामा संक्रमितको संख्या २६ पुगेको छ ।  

मंगलबार २२ जनाको पिसिआर परिक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत् भुवन थापाले बुधबार (आज) जानकारी दिए । 
उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालय रामेछापका एक जना कर्मचारी र प्रहरी हिरासतमा रहेका ५ जनामा संक्रमण पाइएको हो । 

त्यस्तै मन्थलीस्थित् तामाकोशी अस्पतालमा भर्ना भएका ८ जना बिरामी संक्रमण देखिएको छ । 

जनस्वास्थ्य अधिकृत थापाका अनुसार आज थप ६५ जनाको स्वाब परिक्षणको लागि सिन्धुली पठाइएको अस्पतालले जनाएको छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार