नवनिर्वाचित खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरे

| जेठ ७, २०७९ शनिबार

ज्ञानकुमार श्रेष्ठ, खाँडादेवी गाउँपालिका प्रमुख ।
A A A
A A A

७ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका प्रमुख ज्ञानकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् । 

 

शुक्रबार मन्थली नगरपालिकामा भएको पदतथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै पालिका कार्यालय पुगेर श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । 

 

 

निवर्तमान पालिका अध्यक्ष प्रेमबहादुर तामाङ्सहितको उपस्थितिमा उनले पदभार ग्रहण गरेका हुन् । 

 

 

पदभार ग्रहण गर्दै जनताको मतको कदर गर्दै घोषणा पत्र अनुरुप काम गर्ने बताए ।