लिखु तामाकोशी गाउँपालिकाका प्रमुख र उपप्रमुखले कार्यभार समाले

| जेठ १०, २०७९ मंगलबार

A A A
A A A

१० जेठ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले जिम्मेवारी समालेका छन् ।

 


सोमबार हिजो पालिकाको कार्यालय धोवीमा नवनिर्वाचित पालिका अध्यक्ष केशव महत र उपप्रमुख दिपा पाख्रिनले कार्यभार समालेका छन् । 

 

पदभार ग्रहण गर्दै पालिका अध्यक्ष महतले जनताको आवश्यकता र नीतिभित्र बसेर काम गर्ने प्रतिबद्धता जनाए । 

 

 

त्यस्तै निर्वाचित सबै वडा अध्यक्षहरुलाई पालिका अध्यक्ष महतले सपथ खुवाएका छन् । 

 

त्यहाँ पालिका नेपाली कांग्रेसका मतहले जितेका हुन् भने उपप्रमुखमा नेकपा एमाले बिजयी भएको छ । 

 

यो पालिका गत ०७४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले उल्लेख्य रुपमा काम नगर्दा ५ वर्षनै आन्तरिक कोचलोमा मुच्छिएको छ । त्यहाँ जनअपेक्षित काम हुन नसक्दा जनताहरु अषन्तुष्ट् छन् ।