सुनापतिमा पालिका अध्यक्ष तामाङको पहिलो निर्णयः अस्पतालमा सुत्केरी हुनेलाई नगद ४ हजार

| जेठ १०, २०७९ मंगलबार

कार्यभार सम्हाल्दै पालिका अध्यक्ष ठूलोकान्छा तामाङ ।
A A A
A A A

१० जेठ, रामेछाप । रामेछापको सुनापति गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ्ले कार्भार समालेका छन् । 

 

सोमबार उनले पालिकाको कार्यालय हिलेदेवीमा पुगेर जिम्मेवारी सम्हालेका हुन् । कार्यभार समाले लगत्तै पालिका अध्यक्ष तामाङ्ले पालिकाको बर्थिङ् सेन्टरमा सुत्केरी हुने सुत्केरी आमाहरुलाई नगद ४ हजार रुपैयाँ नगद प्रदान गर्ने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल राज श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


उनका अनुसार सुत्केरी आमा र बच्चाको तत्कालिन अवस्थालाई मध्येनजर गरेर र अस्पतालमा सुत्केरी हुन प्रोत्साहन गर्न उक्त रकम प्रदान गर्ने निर्णय भएको हो । 

 


त्यस्तै पालिका उपाध्यक्ष गीता बिष्ट (चौलागाई) ले पनि कार्यभार सम्महालेकि छन् । 

 


नेकपा माओवादी केन्द्रले बिजयी हाँसिल गरेको सुनापतिमा नेपाली कांग्रेसले एक वडा बाहेक सबै वडा माओवादी केन्द्रले जितेको छ ।