गोकुलगंगा गाउँपालिका प्रमुख र उपप्रमुखले जिम्मेवारी समाले

| जेठ ११, २०७९ बुधबार

A A A
A A A

११ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । 

 


बुधबार आज पालिकाको कार्यालय रस्नालुमा गत वैशाख ३० गते सम्पन्न पालिका निर्वाचनमा अत्याधिक मतसहित बिजयी भएका पालिका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) र उपाध्यक्ष उषा कार्कीले बुधबार सपथ खाए लगत्तै पदभार ग्रहण गरेका हुन् । 


गत ०७४ को निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको पालिकामा यो पटकको निर्वाचनमा नेपाली कांग्रेसले दुवै पद जितेको छ । 

 

साथै त्यहाँ कांग्रेसले बहुमत वडा पनि जितेको छ । निर्वाचित वडा अध्यक्षहरुलाई पनि पालिका अध्यक्ष खड्काले सपथ खुवाएका छन् ।