नेपाल प्रेस युनियनको स्थापना दिवसः मन्थलीमा दीप प्रज्वलन

| जेठ १३, २०७९ शुक्रबार

A A A
A A A

१३ जेठ, रामेछाप । नेपाल प्रेस युनियनको स्थापना दिवसमा रामेछापमा दीप प्रज्वलन गरि मनाइएको छ । 

 

 

शुक्रबार प्रजातान्त्रिक बिचार धारका पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवस पारेर साँझ मन्थली स्थित नेपाल पत्रकार महासंघ रामेछापको भवन अगाडि वीपी चोकमा दीप प्रज्वलन गरिएको हो । 

 

श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणका लागि २०४८ जेठ १३ गते स्थापना भएको युनियन, आज देशभरी यसमा आबद्ध पत्रकारहरुले शुभकामना आदनप्रदान गरेर दिवस मनाएका छन् ।