रामेछापको मुख्य नाका सेलेघाट : सरोकारवालाको स्थलगत निरिक्षण, भोलीदेखि हेल्प डेक्स संचालनमा ल्याउने तयारी

माक्स नलगाई हिडेमा संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गरिने

| बैशाख १६, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१६ वैशाख, मन्थली । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहितको टोलीले रामेछाप प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको सेलेघाट्को स्थलगत् निरिक्षण गरेका छन् । 


बिहिबार (आज) बिहान नगरप्रमुख बस्नेत, (प्रजिअ) गौलचन् सैजू, जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नवराज ढुंगाना, जिल्ला स्वास्थ्य प्रमुख जितेन्द्र कार्णसहितको टोलीले जिल्ला प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको सेलेघाटको स्थलगत् निरिक्षण गरेको,स्थलगत् निरिक्षण टोलीका सदस्य तथा प्रहरी प्रमुख नबराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार जिल्लामा बाहिरबाट आउने तथा बाहिरीने मुख्य मार्ग भएकाले सो ठाउँमा हेल्थ डेक्स स्थापना गर्ने, क्वारेन्टाइन् बेडहरु तयारी राख्नेलगाएतको तयारी गरिएको छ । 
साथै उक्त टोलीले जिल्ला प्रशासन र जिल्ला प्रहरी रामेछापको संयुक्ता आयोजनामा “तपाईको मास्क खोई” अभियान कार्यक्रम पनि गरेको छ । 

 

टोलीले सदरमुकाम मन्थली बजारमा जनचेतना मूलक ब्यानर, माइकिङ्सहित बजार क्षेत्रमा माक्स नलगाई हिड्ने सर्वसाधारण तथा सवारी चालकलाई माक्स र पर्चा वितरण गरिएको हो । 

 

प्रजिअ सैजूले अबदेखि माक्स नलगाई हिडेमा संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गरिने भनि चेतावनी दिएका छन् । प्रजिअ सैजूले रामेछाप टाइम्ससंगै भने 'हामीले स्थलगत् निरिक्षण गरेका हौं, भोलीदेखिनै संचालनमा ल्याउने गरि हेल्प डेक्स् स्थापना  गर्ने तयारी गरेका छौं ।'


जिल्लामा गत १४ र १५ गते दुई दिनको अवधिमा १३ हजार ८ सय ९२ जना मानिस विभिन्न ठाउँबाट प्रवेश गरेका छन् । रामेछाप प्रहरीले दिएको जानकारी अनुसार सेलेघाट, लुभुघाट र सित्खाको बाटो हुदै सो संख्यामा मानिसहरु जिल्ला भित्रिएका हुन् । 

फोटो : मिलन घिमिरे/रामेछाप टाइम्स
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार