रामेछाप र ओखलढुङ्गाका स्थानीयले भर्न पाउने गरि श्वेतगंगा हाइड्रोपावरले शेयर बिक्री गर्दै (सूचनासहित)

| जेठ १७, २०७९ मंगलबार

A A A
A A A

१७ जेठ, रामेछाप । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । यही जेठ २३ गते सोमबारदेखि असार ६ गतेसम्मको र ६ गतेदेखि असार २१ गते दुई चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुले भर्न पाउन गरि शेयर खुल्ला गरेको आयोजना सूचना जारी गरि जानकारी गराएको छ । 

 

२५ प्रतिशत मध्ये १० प्रतिशतले हुने प्रति साधारण शेयर रु एक सय बराबरको कम्पनीले १५ लाख ९३ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।


रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं २,३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं। ४, ५, ६,७ र ९ लाई जम्मा निष्काशन गरिने शेयरको ७० प्रतिशतले हुने अर्थात ११ लाख १५ हजार १०० कित्ता छुट्याईएको छ जारी सूचनामा उल्लेख छ । 


त्यस्तै रामेछापको लिख तामाकोशी गाउँपालिकाको वडा नं ५ र ७ र मन्थली नगरपालिकाको वड़ा नं ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वड़ा नं १ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको २५ प्रतिशतले हुने अर्थात ३ लाख ९८ हजार २ सय ५० कित्ता रहेको उल्लेख छ । 

 

त्यस्तै रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नं। १ र ओखलढुङ्गाको वडा नं १,२ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको ५ प्रतिशतले हुने अर्थात ७९ हजार ६ सय ५० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई निष्काशन गरिएको आयोजनाले जनाएको छ । 

सूचना हेर्नुहोस्