माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सूरुङमा पानी हाल्न सुरु

| बैशाख १६, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१६ वैशाख, रामेछाप । स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सूरुङमा पानी हालिएको छ । ४ सय ५६ मेघावाट क्षमताको जलविद्युत आयोजनाको बाँधस्थलमा पानी भर्ने बटम थिचेर सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र भौतिक तथा पूर्वधारमन्त्री बसन्त नेम्वाङले पानी खसाल्ने कामको सुरुवात गरेका हुन् । 

 

पानी हाल्ने अवसरमा बोल्दै सञ्चार मन्त्री गुरुङले नेपालको जलविद्युत क्षेत्रको इतिहासमा सबैभन्दा खुसीको क्षण भएको बताए । उनले केही दिन भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाबाट उत्पादन हुने विद्युतको औंपचारिक रुपमा उद्घाटन हुने जानकारी दिए । 

राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिइएको तामाकोसी आयोजनाले वैशाख मसान्तसम्म पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । तर आयोजनाले विद्युत उत्पादनको मिति भने अहिलेसम्म तय गरेको छैन ।


माथील्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भए पछि वार्षिक दुई अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ ।

 

हाल सम्म आयोजनाको सुरुङ, प्रसारणलाइन, बाँध, सबस्टेसन जस्ता संरचनाका सिभिल र मेकानिकलतर्फका सम्पन्न गर्न बाँकी रहेका छिटफुट कामहरु भइरहेको आयोजनाले जनाएको छ ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार