रामेछापको आठवटै स्थानीय तहमा स्काउटका संयोजक (नामावालीसहित)
फाइल फोटो : स्काउट् लोगो
१६ वैशाख, मन्थली । रामेछाप जिल्लाका आठ वटै स्थानीय तहमा स्काउटका संयोजक तोकिएका छन् ।
नेपालमा बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरूपको अभियानमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरि तिनीहरूलाई अनुशासित स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भावनाको अभिबृद्धि गर्दै देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई बढी सक्षम र संगठित बनाउन यसको भूमिका रहदै आएको छ ।
हाल युवा तथा खेलकुद मन्त्रालय नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले जिल्लाको दुई नगरपालिका र छ गाउँपालिका रहेको रामेछापमा पहिलो पटक संयोजक तोकेको हो ।
जसअनुसार सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा भुव श्रेष्ठ, रामेछाप नगरपालिकामा बलराम लामा, उमाकुण्ड गाउँपालिकामा श्याम लामा, खाँडादेवी गाउँपालिकामा गौतम मोक्तान, गोकुलगङ्गा गाउँपालिकामा विनोद फुयाँल,दोरम्बा गाउँपालिकामा आङछिरिङ लामा ,लिखुतामाकोशी गाउँपालिकामा सुशिला थापा र सुनापति गाउँपालिमा राज मैनाली संयोजक बनेका छनेका छन् ।

