सुनापतिको समग्र विकासको लागि महिला र तामाङ समुदायलाई उत्पादनसंग जोड्ने गरि बजेट व्यवस्थापन हुन्छ-उपाध्यक्ष बिष्ट (भिडिओसहित)

| जेठ २२, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

२२ जेठ, रामेछाप । सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता बिष्टले अब पालिकामा सम्रग विकास, महिलाहरुलाई उत्पादनसंग जोड्ने गरि काम गर्ने बताएकी छन् । उनले गत कार्यकालमा पालिकाको पूर्वधार विकासमा काम गरेको भन्दै यो पटक पालिकालाई समृद्ध बनाउनको लागि समुदायगत पेशालाई विकास, उत्पादन र उत्पादकत्वमा वृद्धि, जनअपेक्षा अनुसार सेवा गर्न लागेको उनको भनाई छ । ‘जे–जे ठूलो कुरा गरेपनि महिलाहरुलाई र यहाँ तामाङ् समुदायको बसोबास् धेरै छ उहाँहरुको पेशालाई उत्पादनसंग जोडिएन भने यहाँको विकास हुन सक्दैन उनले भनिन् ।’

 

 

शनिबार रामेछाप टाइम्ससंग गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएपछि पहिलो पटक अडिओ कुराकानीमा बोल्दै उपाध्यक्ष बिष्टले यस्तो बताएकी हुन् । उनले ०७४ मा निर्वाचित भएर आउदा ऐन, कानुन, भवन केही नहुँदा त्यसको विकासको लागि काम गर्नु परेकाले समृद्धको लागि उत्पादनसंग जोडिने गरि काम गर्न नसकेको स्वीकार गरिन् । ‘त्यसलाई हामीले बुझेका छौं, आगामी नयाँ बजेटमा महिला, समुदायगत पेशा, घरेलु तथा साना पेशाहरुलाई उत्पादकत्वसंग जोड्ने गरि व्यवस्था गर्ने छौं उनले भनिन् । 

 


दोस्रो कार्यकालको लागि नेकपा माओवादी केन्द्रबाट उपप्रमुख निर्वाचित भएकी बिष्टले गाउँपालिका समृद्धिको बाटोमा लैजाने काम आफूहरुबाट भैरहेकोमा जोड् दिइन् ।

 

बाँकि कुराकानी भिडिओ हेर्नुहोस् ।