गोकुलगंगा गाउँपालिकाले : स्वास्थ्य सामाग्री खरिद्,१५ बेडको आइसोलेसन् तयार

| बैशाख १६, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१६ वैशाख, मन्थली । रामेछापको गोकुलगंगा गाउँपालिकाले १५ बेडको आइसोलेसन कक्ष तयार गर्ने भएको छ । 


बिहिवार (आज) बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले तत्कालको लागि १५ बेडको आइसोलेसन कक्ष तयार गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार आइसोलेसन बेडसंगै कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामाग्री पनि खरिद् गर्ने पनि निर्णय गरेको छ । गोकुलगंगा अस्पतालका स्वास्थ्यकर्मीसहित बसेको बैठकले पालिकामा कोरोना बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकालाई कोरोना संक्रमण मुक्त बनाउन थप स्वास्थ्य सुरक्षाका उपाए अप्नाउने, मास्कको अनिवार्य प्रयोग गर्ने पनि बताइएको छ ।

 

पालिकामा केहीदिन अघि ५ जना बिद्यार्थी २ जना शिक्षकसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार