खिम्तीमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा श्रीमान श्रीमती गम्भीर घाइते

| जेठ २४, २०७९ मंगलबार

सांकेतिक तस्विर ।
A A A
A A A

२४ जेठ, रामेछाप । ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा श्रीमान श्रीमती गम्भीर घाइते भएका छन् । 

 

लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीबाट मन्थलीतर्फ आउदै गरेको प्रदेश २–०३–००१ त २९८४ नम्बरको ट्याक्टर र सोही दिशातर्फ आउदै गरेको बा ९० प ८०७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय रामेछाप जानकारी दिएको छ । 

 

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना श्रीमान श्रीमती घाइते भएका हुन् । घाइते हुनेमा मोटरसाइकल चालक रामेछाप नगरपालिका वडा नं ८ बस्ने ४८ वर्षीय शेरबहादुर थापा र उनकी श्रीमती ४१ वर्षीय निरु थापा घाइते भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजुप्रसाद ढकालले जानकारी दिए ।

 

उनका अनुसार घाइते श्रीमानको बाँया खुट्टा र घाँटीमा र श्रीमतीको टाउको र बाँया खुट्टामा चोट लागेको छ । उनीहरुको उद्दार गरि उपचारको लागि धुलिखेल शाखा अस्पताल किर्नेटार दोलखा पठाईएको ढकालेले बताए ।