नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने
फाइल फोटो
१७ वैशाख,काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।
नेपालले आगामी जेठ १५ मा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको हो । केही दिनअघि इराकले नेपाललाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो ।
एन्फाका अनुसार खेल इराकको बासरा अन्तराष्ट्रिय रंगशालामा हुनेछ।
नेपालले अहिलेसम्म इराकसँग ३ पटक खेलिसकेको छ। विश्वकप छनोट खेलको तयारी गरिरहेको नेपालले इराकसँग खेल्न लागेको हो।
