गोकुलगंगा गाउँपालिका प्रवक्तामा चन्द्रबहादुर सुनुवार

| जेठ २४, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

२४ जेठ, रामेछाप ।  गोकुलगंगा गाउँपालिकाको गाउँकार्यपालिका प्रवक्तामा चन्द्रबहादुर सुनुवारले जिम्मेवारी पाएका छन् । 

 

सोमबार बसेको नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठकले पालिका प्रवक्तामा सुनुवारलाई जिम्मेवारी तोकेको छ । 

 

 

दोस्रो कार्यकालको लागि वडा नं ६ फर्पुका वडा अध्यक्षमा निर्वाचित भएका सुनुवारलाई पालिकाको सूचना स्रोत व्यक्ति तथा प्रवक्ताको जिम्मेवारी दिएको बैठक पछि जारी निर्णयमा उल्लेख गरिएको छ ।