रामेछापसहित लामाे दुरीमा चल्ने सार्वजनिक गाडीकाे भाडा बढ्याे (सूचीसहित)

| जेठ २७, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

२७ जेठ, रामेछाप । यातायात व्यवसातीले लामो दुरीको सार्वजनिक गाडीको भाडा बढाएका छन् । 

 

इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको हो ।

 

गए रातिदेखी पेट्रोल लिटरकाे आठ, डिजल र मट्टीतेल लिटरको १२ रुपैयाँ बढेपछि स्वचालित मूल्य प्रणालीअनुसार गाडी भाडा दुई दशमलव पाँच प्रतिशत बढाएको विभागले जनाएको छ । यसअघि इन्धनको भाउ घटेपछि जेठ २० गते दुई दशमलव ६ प्रतिशत घटेको थियो ।

 

विभागले पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा ३ दशमलव ३ प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा ३ दशमलव ७ प्रतिशत बढाएको छ । 

 

कहाँ कति भाडा बढ्यो हेर्नुहोस् ।