गोंगबुचोकमा सवारी दुर्घटनामा परी रामेछापका एक गम्भीर घाइते

| जेठ २८, २०७९ शनिबार

फोटो स्रोत मन्थली नगरपालिका वडा नं ३ का अध्यक्ष कृष्ठ गोपाल श्रेष्ठ ।
A A A
A A A

२८ जेठ, रामेछाप । गोंगबुचोकमा मोटरसाइकल र स्यम्भु यातायातको बस एक आपसमा ठोक्किदा रामेछापका एक युवक गम्भीर घाइते भएका छन् । 

 

घाइते हुनेमा मन्थली नगरपालिका मन्थली नगरपालिका वडा नं ३ कठजोरका मकुन्द कार्की हुन् । घटना गत बुधबारको हो । 

 

उनी चडेको बा ७३ प ५५५९  नम्बरको मोटरसाइकल र बस ठोक्किएका हुन् । दुर्घटनामा परि कार्की गम्भीर घाइते भएका छन् । उनको काठमाडौं स्थित् एक अस्पतालमा उपचार भैरहेको छ ।

 

एक आपसमा ठोकिएको बस नं खुलाइएको छैन् ।

 

ठक्कर दिने बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएरको छ ।