बिदा भए जिसस रामेछापका प्रमुख र उपप्रमुखसहितको टिम

| जेठ २९, २०७९ आइतबार

A A A
A A A

२९, जेठ, रामेछाप । जिल्ला समन्वय समिति (जिसस) रामेछापमा प्रमुख र उप्रमुख बिदाई भएका छन् । गत ०७४ सालमा एमालेबाट बहुमत सहितको समिति रहेको (जिसस) रामेछापमा गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आएसंगै जिससमा नयाँ समिति आउने भएकाले उनीहरु शनिबार बिदाई भएका हुन् । 

 

५ वर्षे कार्यकाल सकाएर प्रेमबहादुर खड्का र उप्रमुख दीपा पाख्रिन बिदाई भएका हुन् । पाख्रिन यसपटकको निर्वाचनमा लिखु तामाकोशी गाउँपालिकाको उपध्यक्षमा निर्वाचित् भएकी छन् । उनी सोही पालिकाकि हुन् भने ५  वर्ष जिसस प्रमुख बनेका खड्का खाँडादेवी गाउँपालिकाका हुन् । 

 

तत्कालिन समयमा एमालेले ८ स्थानीय तह मध्ये एक नगरपालिका सहित ४ वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष जित्दा उनीहरु (जिसस) मा बहुमतसहित ५ वर्ष बिताउन पाए । 

प्रेमबहादुर खड्का । 


जननिर्वाचित जनप्रतिनिधिहरुलाई नजिकबाट नियाल्नु पर्ने, निरिक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने महत्पूर्ण भूमिका रहेको (जिसस)मा उनीहरु दुबै जनासहितको टिमले प्रंशसा योग्य काम नगरेपनि ठूलो विवादित् भने मुछिएनन् । 

 

उनीहरु बिदा भएसंगै अब नयाँ समिति निर्वाचित भएर आउने पक्का भएको छ । जसको लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल गरेर नेकपा एमालेसंग चुनावी मैदानमा छन् ।

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार