शैचालयमा चिप्लिएर लड्दा काठमाडौंमा रामेछापकी एक महिलाको ज्यान गयो

| जेठ २९, २०७९ आइतबार

सांकेतिक तस्विर ।
A A A
A A A

२९ जेठ, रामेछाप । शैचालयमा चिप्लिएर लड्दा काठमाडौंमा रामेछापकी एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीकि सुशिला खड्का रहेकी छन् । 

 

उमाकुण्ड स्थायी घर भएकी ४९ वर्षीय खड्का काठमाडौंको र्गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ मा जग्गा भाडामा लिई टहरामा बस्दै आएकी थिइन् । 

 

उनको गएराति टहरोमै रहेको शौचालयमा लडेर बेहोस भएकी हुँदा उपचारको लागि लैजादै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । 

 

उनलाई नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

उनको शव मेडिकल कलेजमा पोष्ट माटम गर्ने तयारी भैरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।