कोरोना रोकथाम तथा नियन्त्रण : २० जिल्लामा निषेधाज्ञा तथा लकडाउन लागू, कुन-कुन जिल्लामा (तथ्याङ्क सहित)

| बैशाख १७, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१७ वैशाख, रामेछाप । कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशका विभिन्न जिल्लाहरुले निषेधाज्ञा तथा बन्दाबन्दी गर्नेको क्रम बढेको छ । 

 

काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि बैशाख ३१ गते सम्मको लागि लागू हुने गरि निशेधाज्ञा जारी गरिएको छ । 

 

यस्तै विभिन्न जिल्लाहरुले बिहीबार साँझ ७ बजे सम्म गृह मन्त्रालयमा जानकारी गराएर बन्दाबन्दी जारी गर्ने जिल्ला २० पुगेको गृह मन्त्रालयले जनाएको छ । गृहले दिएको जानकारी अनुसार २० जिल्लामा निषेधाज्ञा तथा आदेश, बन्दाबन्दी जारी भएका छन् ।

यी जिल्लाहरुले फरक-फरक, आफूअनुकुल समयसम्मको लागि प्रशासन कार्यालयहरुले बन्दाबन्दी, निषेधाज्ञा जारी गरेका छन् । 

 

कोरोना बढ्दै गएसंगै सरकारले शहरी क्षेत्रमा ५ सय र पहाडी क्षेत्रमा २ सय सक्रिय संक्रमित पुगेमा बन्दाबन्दी,निषेधाज्ञा गर्ने आदेश स्थानीय प्रशासन, स्थानीय तहलाई दिई सकेको छ । 

निषेधाज्ञा तथा बन्दाबन्दी भएका जिल्लाहरुको संख्या हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार