सवारी दुर्घटनामा गम्भीर घाइते रामेछापका कार्कीको उपचारको क्रममा निधन

| जेठ ३०, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

३० जेठ, रामेछाप । गत शुक्रबार काठमाडौंको गोंगबु चोकमा बस र मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भएका रामेछापका एक युवकको निधन भएको छ । 

 

उनको आइतबार उपचारको क्रममा निधन भएको उनको पारिवारीक स्रोतले जनाएको छ ।  

 

ज्यान गुमाउनेमा मन्थली नगरपालिका वडा नं ३ कठजोरका मकुन्द कार्की हुन् । 

 

 

उनी चडेको बा ७३ प ५५५९  नम्बरको मोटरसाइकल र बस ठोक्किएको थियो ।