आइपिएल : पञ्जाबले राजस्थानलाई ४ रनले हरायो
संकेतिक फाइल
चैत ३१, काठमाडौं । आइपीएल क्रिकेटको १४ औँ संंस्करणको चौथो खेलमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ४ रनले पराजित भएको छ। रोयल्का कप्तान सन्जु सामसनले यस वर्षको पहिलो शतक बनाएका छन्। शतक बनाए पनि उनको टिम पराजित हुन पुग्यो।
गएराति पञ्जाबले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन बनाउनु पर्ने भएपनि राजस्थानले ८ रन मात्रै बनायो
जितसँगै पञ्जाब २ अंकसहित तेस्रो स्थानमा छ । समान अंक भएपनि रनरेटका आधारमा दिल्ली पहिलो, कोलकत्ता दोस्रो र बेंग्लोर चौथो स्थानमा छ। आइपीएलमा आज राति मुम्बई र कोलकत्ता खेल्दैछन्।
