आज सुनचाँदीको भाउ घट्यो

| बैशाख १७, २०७८ शुक्रबार

संकेतिक फोटो
A A A
A A A

१७ बैशाख, काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ ।

 

हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँको हो । सुनको भाउ आज घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

बिहिबार सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो ।

 

शुक्रबार चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । बिहिबार तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाकाे १२ सय ९५ रुपैयाँ तोकिएको छ ।

 

गएको आइतवार चाँदीकाे भाउ तोलामा १३ सय १० रुपैयाँ ताेकिएकाे थियाे। 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार