एमाले नेता कार्कीको पशुपतीमा अन्त्यष्टिः पार्टीले तीन दिन शोक मनाउने

| असार ५, २०७९ आइतबार

A A A
A A A

५ असार, रामेछाप । आज बिहान उपचारको क्रममा हृद्य घातका कारण निधन भएका एमाले रामेछापका नेता चित्रबहादुर  कार्कीको अन्त्यस्टि गरिएको छ । पशुपती आर्य घाटमा एमाले रामेछापका विभिन्न पार्टीका नेता तथा  कार्यकर्ताको उपस्थितिमा अन्त्यस्टि गरिएको हो ।  

 


हृदयघातको उपचारको गर्दै गर्दा आइतबार बिहान एमाले प्रदेश कमिटीका सदस्य रहेका कार्की निधन भएको थियो । कार्कीकी पत्नी मैया कार्की, छोराहरु अनिल कार्की र विपिन कार्की तथा छोरी अनिता कार्की छन् । २०२१ माघ २४ गते उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकास्थलिमा जन्मेका कार्की विद्यार्थी काल देखी नै समाज परिवर्तनको अभियानमा आबद्ध भएका थिए ।

एमालेका परिचित नेता कार्की २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन कुँबुँकास्थली गा.वि.स. को अध्यक्षमा निर्वाचित भएका थिए । साथै नेकपा (एमाले) को तत्कालीन १ नं. इलाका कमिटी सचिव, १ नं. निर्वाचन क्षेत्रीय कमिटीको अध्यक्ष, लामो समय जिल्ला कमिटी रामेछापको जिम्मेवारी बहन गर्दै हाल बागमती प्रदेश कमिटी सदस्यको रुपमा क्रियाशील थिए । 


एमाले रामेछापले कार्कीको निधनमा दुःख व्यक्त गर्दै कार्की पार्टी अनुशासन र पद्वतीको उच्च सम्मान गर्ने, शालीन र भद्र भएको उल्लेख गरेको छ । कार्कीको निधनले ‘पार्टी आन्दोलन र सामाजिक अभियानमा अतुलनीय क्षति पुगेको छ ।’ पार्टी सचिव पुरुषोत्तम कडरियाले जारी गरेको शोक पत्रमा उल्लेख गरेका छन् । 

स्वर्गीय कार्कीको सम्झना र सम्मानमा एमाले रामेछापले भोली असार ६ ,७ र ८ गते तीन दिन पार्टी कार्यालय मन्थलीमा पार्टीको झण्डा आधा झुकाउने, जिल्लाको सबै गाउँरनगरपालिका कमिटीको कार्यालयमा समेत पार्टीको झण्डा आधा झुकाईने एमाले रामेछापले जनाएको छ । 

कार्कीको निधनमा एमाले रामेछाप र उमाकुण्ड गाउँ कमिटी रामेछापले निकालेका शोक पत्र हेर्नुहोस् ।