गायक प्रकाश सपुतलाई कोरोना संक्रमण
फाइल फोटो
१७ वैशाख, रामेछाप । चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोनाको संक्रमणसंग मिल्ने लक्षण देखिएर परिक्षण गरेका थिए ।
शुक्रबार उनले सामाजिक संजालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
काठमाण्डौ मेडिकल कलेजमा गरिएको परिक्षणमा उनको पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको गायक सपुतले उल्लेख गरेका छन् ।
उनी अहिले होम आईसोलेसनमा बसेका जानकारी गराएका छन् । उनको अवस्था सामान्य छ ।
