फर्पुबाट भरुवा बन्दुकसहित तामाङ् प्रहरीको नियन्त्रणमा

| असार ७, २०७९ मंगलबार

A A A
A A A

७ असार, रामेछाप । रामेछापको फर्पुबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 


गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको ग्यामकिरी बस्ने ६२ वर्षीय आइते तामाङले उनकै घरभित्र भरुवा बन्दुक लुकाइ छिपाइ राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टिलीले तामाङ्को घरबाट हतियार सहित नियन्त्रणमा लिएको हो । 

 

उनको घरमा खनतलासी गर्दा उक्त बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजुप्रसाद ढकालले जानकारी दिए । 

 

 

उनका अनुसार फलाम र काठले बनेको उक्त बन्दुक एक थान, सोमा प्रयोग हुने बारुद अन्दाजी १० ग्राम फलाको टुक्रा ४ वटा फेला परेको हो ।

 


सो हतियार सहित तामाङसमेतलाइ नियन्त्रणमा लिइ जिल्ला अदालत रामेछापबाट दिन ७ म्याद थप गरी अनुसंधान भैरहेको ढकालले जानकारी दिए ।