रामेछापकी चेली, नेमकिपाका अध्यक्ष बिजुक्छेकी पत्नीको निधन

| असार ९, २०७९ बिहिबार

तस्विर सामाजिक संजाल ।
A A A
A A A

९ असार, रामेछाप । रामेछापको ठोसेमा जन्मिएकी शोभा प्रधानको निधन भएको छ । उनी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छकि पत्नी हुन् ।

 

 

प्रधानको निधन भएपछि बिजुक्छे पत्नी शोक परेका छन् । प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा बुधवार दिउँसो निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिए । 

 


विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उनीहरुका २ छोरा रहेको गोसाईले बताए । 

 

 

लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन् ।