सेलेघाटमा होल्डिङ् सेन्टर संचालनमा ल्याउने तयारी (निर्णयसहित)

| बैशाख १८, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१८ वैशाख, मन्थली । जिल्ला प्रशासन कार्यालय रामेछापले भौतिक रुपमा उपस्थिति भएर हुने सबै पठनपठान स्थगित गरेको छ । 

 

बिहीबार बसेको सरोकारवालको बैठकले यस्तो निर्णय गरेको हो ।

 

त्यस्तै सार्वजनिक तथा निजी व्यवसाय संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालन गर्नु पर्ने पनि निर्णय गरेको प्रशासनको निर्णयमा उल्लेख छ । 

 

त्यस्तै जिल्ला प्रवेश गर्ने मुख्य नाका सेलेघाट्मा होल्डिङ् सेन्टर संचालनमा ल्याउने पनि निर्णय गरेको प्रशासनले जारी गरेको निर्णय पत्रमा उल्लेख छ ।


त्यस्तै पिसिआर परिक्षणको दर बढाउने, कोरोना संक्रमितहरुको ओसार पसार गर्नको लागि स्थानीय तहहरु आफैले खर्च ब्यहोर्नु पर्ने, प्रत्येक स्थानीय तहले शव ब्यवस्थापनको लागि शव वहानको ब्यवस्था मिलाउने, बाहिरबाट आएका तथा संक्रमणको लक्षण भएका र संक्रमितमाथि नियमित अनुगमन गरि संक्रमण नियन्त्रणमा स्थानीय तहहरुलेनै कडाई गर्नु पर्ने भएको छ । 

बाहिरबाट जिल्ला भित्रिनेले अनिवार्य १० दिन क्वारेन्टिन् वा आइसोलेसनमा बस्नु पर्ने पनि उल्लेख छ । 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार