मन्थली नगरपालिकाले ल्यायो एक अरब ४० करोड ७८ लाख ५३ हजारको बजेट

| असार १०, २०७९ शुक्रबार

A A A
A A A

१० असार, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अरब ४० करोडमाथिको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा करिब ३३ करोड बढी हो । गत आर्थिक वर्षमा नगरपालिकाले एक अरब ४ करोड बजेट ल्याएको थियो । 

 

 

आज नगरपालिकाको ११ औं नगरसभामा नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले १ अरब ४० करोड ७८ लाख ५३ हजारको बजेट सार्वजनिक गरेकी हुन् । 

 

 

जसमा चालु तर्फ रु ९६ करोड २७ लाख ३ हजार ९६८‍.३८ प्रतिशत र पुँजीगत तर्फ रु ४४ करोड ५१ लाख ५० हजार ९ ३१‍.६२ प्रतिशत रकम विनियोजन गरिएको छ । 

 

 

वाँडफाँड गर्न मिल्ने ५६ करोड ८ लाख ११ हजार विनियोजन गरेकोमा चालु तर्फ खर्च रु २६ करोड २८ लाख ७१ हजार ४६.८७ प्रतिशत र पुँजीगत तर्फ खर्च रु ३० करोड ५ लाख ५१ हजार ५३.५९ प्रतिशत रकम विनियोजन गरिएको छ ।

तस्विरहरु हेर्नुहोस्