हिमगंगामा सुस्त मनस्थितिकि १३ वर्षीय नाबालिका ६३ वर्षीय वृद्धाबाट पकट-पटक बलात्कृत

| असार १४, २०७९ मंगलबार

सांकेतिक तस्विर ।
A A A
A A A

१४ असार, रामेछाप । रामेछापको हिमगंगामा सुस्त मनस्थितिकि १३ वर्षीय नाबालिका बलात्कृत भएकी छन् ।

 

रामेछाप नगरपालिका वडा नं ४ हिमगगांकि ती बालिकालाई सोही ठाउँको सुन्तलेटार बस्ने ६२ वर्षीय श्यामप्रसाद घिमिरेले पटक पटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पछिल्लो पटक उनले ती बालिकालाई गत असार १ गते जबरजस्ति करणी गरेका थिए । 

 

 

घिमिरेले गत असार १ गते बुधबार बेलुका आफ्नै घरमा बसिरहेकी ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेका हुन् । उनले ती बालिकालाई यो कुरा कोही कसैलाई भनेमा मार्छु काट्छु भनि डर त्रास देखाउदै पटक पटक करणी गर्दै आएका थिए ।

 

यसरी करणी गर्दै भाग्दै आएका घिमिरेलाई असार ८ गते सुन्तलेटारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिए । 

 


पक्राउ परेका घिमिरेलाई जिल्ला अदालत रामेछापबाट ७ दिनको म्याद थप भई बालयौन दुरुपयोग मुद्दामा अनुसन्धान भईरहेको ढकालले बताए ।