हवाइ उडान रोक्न मन्त्रिपरिषद्लाई सीसीएमसीको सिफारिस

| बैशाख १८, २०७८ शनिबार

संकेतिक फोटो
A A A
A A A

१८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रण ब्यवस्थापन केन्द्र (सिसिएमसी) ले हवाइ उडान् स्थगित गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सिसिएमसीको बैठक आन्तरिक उडान बन्द गर्न सिफारिस गरिएको संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिए । 

 

सरकारले कोरोना सङ्क्रमित बढेका जिल्लामा निषेधाज्ञा लगाएर गाडी चल्न बन्द गरे पनि आन्तरिक उडान भने खुला नै रहेका छन् । 

 

सुरक्षाका उपाय अपनाएर उडान गर्दा पनि जोखिम नै देखिएकाले उडान बन्दको सिफारिस गरिएको मन्त्री ढकालले जानकारी दिए । 

 

यसैबीच सरकारले कोरोना सङ्क्रमणको अवस्था भयावह भएका देशबाट नेपालमा हुने उडान रोक्ने तयारी गरेको छ ।

 

सीसीएमसीले भारतसहित सङ्क्रमण उच्च रहेका देशबाट नेपालमा हुने उडान रोक्न सिफारिस गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले जानकारी दिए । 

सीसीएमसीका सिफारिस मन्त्रिपरिषद्ले पारित गरेपछि लागू हुनेछन् । 

 

आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गर्ने सम्भावना रहेको मन्त्री ढकालले बताए । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार