मन्थलीमा घरबास उठन लागेको ऋण सहपाठिले तिरी दिए

| असार १४, २०७९ मंगलबार

A A A
A A A

१४ असार, रामेछाप । ६ बर्ष अघि मृत्यु भएका जिल्लाको मन्थली नगरपालिका २ का इमबहादुर बिकको परिवारलाई मन्थली मा.बि.का २०५५ सालको एस.एल.सी ब्याजका विद्यार्थीले ऋणको भारबाट मुक्त गराई घरबार बिहिन हुनबाट जोगाएका छन । 

 

विकले २०७२ सालमा मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट घरजग्गा धितो राखेर ५० हजार रुपैँया ऋण लिएका थिए । ऋण लिएकै केही समयम उनको मृत्यु भएपछि उक्त ऋण ब्याज सहित ९५ हजार पुगेको थियो । बिकको मृत्यु पश्चात उनको नाबालक छोराले उक्त ऋण तिर्ने अबस्था थिएन र धितो लिलाम हुने स्थितिमा पुगि सकेको थियो । 

 


मृतक सहपाठी साथीको जग्गा नै लिलाम हुन लगेको र उनका छोराहरू घरबार बिहिन हुने अवस्था सुनेपछि २०५५ साल एस.एल.सी ब्याजमा पढ्ने विद्यार्थीहरूले आफू आफूले धेरथोर रकम उठाएर सहकारीको ९५ हजार रुपैँया ऋण तिरिदिएका हुन । 

 

मंगलबार बिहान २०५५ सालको एस.एल.सी ब्याजले मन्थली मा.वि.मा एक  कार्यक्रमको आयोजना गरी विकका छोराहरूलाई सहकारीको ऋण तिरेर निखनेको जग्गाधनी पुर्जा हस्तान्तरण मंगलबार गरेको हो ।

 

९५ हजार मध्ये मन्थली बचतले ३५ हजार छुट गरिदिए पछि ६० हजार नगद २०५५ सालको एसएलसी ब्याजले तिरेको हो ।  मृतक बिकका  २२, १८ र १२ वर्षका ३ भाइ छोरा छन । श्रीमतिको समेत निधन भइ सकेको बताइएको छ । 

 

विकका १२ वर्षीय छोरालाई मंगलबार नै विद्यालय सामाग्री समेत हस्तान्तरण गरिएको छ । ‘उहाँले पढ्न चाहेमा उच्च शिक्षासम्मको खर्च समेत सोहि व्याजका विद्यार्थीले नै जुटाउने  सहयोग हस्तान्तरण कार्यक्रमका अध्यक्ष तिर्थ सुबेदीले भने ।’  

 

मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा मन्थली बचतले पनि पीडित परिवारलाई क्रिया खर्च बापतको रकम रु २० हजार हस्तान्तरण गरेको थियो ।

 

वडाध्यक्ष कार्कीले विकका छोराहरूको वृद्धि र बिकासका लागि आफू हरतवरले लाग्ने बताए  । मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेले पनि छोराको अध्ययनका लागि आबश्यक सहयोग गर्ने बताए ।

फोटो समाचार अप्रिल अधिकारी