सडक, ऐतिहासिक स्थान, पार्क र विकास निर्माणमा रामेछाप र मन्थली नगरपालिकाले साझेदारी गर्ने निर्णय

| असार १६, २०७९ बिहिबार

तस्विर बद्री नयाँघरे ।
A A A
A A A

१६ असार, रामेछाप । जिल्लाका दुई नगरपालिकाले यहाँको विकासको लागि साझेदारी गर्ने भएका छन् । पूरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका र मन्थली नगरपालिकाबीच सिमाना जोडिएको र कतिपए विकासका काम एउटा स्थानीय तहले मात्रै गरेर सम्भव नहुने निश्कर्ष निकालेर आउँदा दिनमा यहाँको विकास निर्माण, सडक, पार्क, धार्मिक तथा ऐतिहासिक स्थानहरुको विकास निर्माणमा दुई नगरपालिकाले समन्वयमा गर्ने सहमति बनेको हो । 

 


बुधबार रामेछाप नगरकार्यपालिकाको हलमा नगरपालिका प्रमुख लबश्री न्यौपानेको समन्वयमा बसेको दुई नगरपालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र केही अगुवाहरु सम्मेलित बैठकले यसरी मिलेर जाने विषयमा सहमती गरेको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष समेत रहेका बैठकमा सहभागी बद्रि नयाँघरेले जानकारी दिए । 

 

उनका अनुसार छलफलमा विशेष गरी दुई पालिकाको सिमाना जोडिएका स्थानको विकास निर्माण, ऐतिहासिक महत्व बोकेका स्थानको व्यवस्थापन, सम्भावित प्रकोप, फोहोर व्यवस्थापन लगाएतका विषयमा समन्वय गर्ने सहमति गरेका हुन् । 

 

यसअगाडि मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले रामेछाप टाइम्ससंग दुई नगरपालिका यहाँको विकासमा मिलेर जाने विषयमा अनौपचारीक छलफल जारी रहेको बताएका थिए । 

 

बुधबारको छलफलमा ऐतिहासिक तिल्के स्थान गढीको विकास र संरक्षण संवर्द्धन, शुकाजोर खोला किनारमा रहेको सयौ  विघा बाँजो जमिनको तटबन्धन निर्माण, सिंचाईको व्यवस्थापन, निर्माणाधिन सेलेघाट साँघुटार सडक खण्डमा हातेमालो गर्ने विषयमा निर्णय गरिएको हो । 

 

निर्माणाधिन सडकमा भएको ढिलासुस्ति र समस्या समाधानका लागि चाल्नु पर्ने कदमको बिषयमा सम्बन्धित पक्षले समाधान खोज्ने विषयले प्राथामिकतामा परेको स्रोत बताउछन् । 
छलफलमा रामेछाप नगरपालिका वडा नं ८ मा रहेको बिटार पार्ककोलाई थप व्यवस्थित गर्न पनि दुई नगर सकारात्मक देखिएका छन् ।

 

त्यस्तै व्यवसायिक सम्बन्ध प्रत्यक्ष बोकेको मन्थली ४ सालुको  च्याउकेठाँटी, भालुखोप र ओख्रेनी सडक खड्ण निर्माण र स्तरउन्नतीको लागि पनि बैठकमा गम्भीर छलफल भएको नयाँघरेले जनाकारी दिए । 


जसको लागि बैठकले दुवै पक्षले आवश्यक प्रकृया अघि बढाउनका लागि दुई नगरका प्रमुख उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु र एक एक जना नगरका अधिकृतहरु समेत सदस्य रहने गरि कार्यदल गठन गर्ने, आवश्यक परेमा आ आफना कार्यपालिकाको बैठकमा लैजाने, विकासका लागि आवश्यक अनुसार सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई सहभागी गराउने लगाए निर्णय गरेको छ ।