कांग्रेस उपसभापति गुरुङ सवार गाडी रामेछापको गोगनेमा दुर्घटनाबाट जोगियो

| असार १६, २०७९ बिहिबार

A A A
A A A

१६ असार, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ् सवार स्कर्पियो गाडी रामेछापमा ठूलो दर्घटनाबाट जोगिएको छ । 

 

केही दिनदेखि रामेछापको रामेछाप नगरपालिकाका विभिन्न स्थानमा भेटघाट एंम घुम्घाममा व्यस्त रहेक गुरुङ् सवार स्कर्पियो बिहिबार आज बिहाना रामेछाप नगरपालिका वडा नं १ गोगनेपानी सडकबाट अचानक चिप्लिएर केही तल पुगेको उपासभापति गुरुङ्ले जानकारी दिए । 

 


बा १९ च १८३९ नम्बरको स्कर्पियो सडक किनाराबाट तल गएको र अगाडि ढुङ्गो ओत लागेकाले दुर्घटनाबाट जोगिएको गुरुङ्ले सामाजिक संजालमा लेखेका छन् । 

 


केही दिन यता गुरुङ् रामेछाप नगरपालिकाका विभिन्न स्थानको अवलोकन गर्दै कांग्रेस नेताहरुसंग भेटघाट गर्दै आएका थिए । गाडी दुर्घटनामा परेपनि सबै सकुशल रहेको गुरुङ्ले बताएका छन् ।