तामाकोशी अस्पतालका ९ जना स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना पुष्टि : तयारी यस्तो छ ?
संकेतिक फोटो
१८ बैशाख, मन्थली । तामाकोशी अस्पतालमा कार्यरत ९ जना स्वास्थ्यकर्मीसहित १३ जना कोरोनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार एकैदिन रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका स्थित् तामाकोशी अस्पतालका ९ जना स्वास्थ्यकर्मीसहित १३ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रिय संक्रमितको संख्या ४० पुगेको छ । कोरोना भाइरस संक्रमण तिवृ रुपमा फैलिएसंगै परिक्षण दर पनि बढाइएको छ ।
गत शुक्रबार परिक्षणको लागि पठाइएको ३८ जनाको स्वाबमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । उनका अनुसार ८ जना पुरुष र ५ जना महिलालाई संक्रमण देखिएको हो ।
स्वास्थ्य सावधानीकाबीच संक्रमण दिनानू दिन बढ्न थालेपछि स्थानीयहरु त्रसित् हुन थालेका छन् । हाल २ जना महिला जिल्ला अस्पताल रामेछाप र २६ जना होम आइसोलेसनमा बसेका छन् । आज देखिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताए ।
शनिबारसम्ममा रामेछाप जिल्लाबाट पठाएको स्वाब पोजेटिभ हुने संख्या २६६ जना पुगेको छ ।
त्यस्तै रामेछाप स्थायी घरभइ जिल्ला बाहिर रहेका ८८ जना महिला सहित कूल २९७ जनामा पोजेटिभ आएको छ । आज थप ३८ जनाको स्वाब संक्रलन गरिएको छ । शनिबारसम्मा २ हजार ८ सय १० जनाको स्वाब संकलन गरिएको छ । १०९ बेडको आइसोलेसन कोरोना महामारीलाई ध्यानमा राख्दै तयार गरिएको छ । त्यस्तै ४४ वेडको क्वारेन्टिन् बेड तयार पारिएको छ ।
