ससुराली जान्छु भनि बेताली घरबाट हिडेका भुजेल रुखमा झुण्डीएको अवस्थामा भेटिए

| असार १८, २०७९ शनिबार

सांकेतिक तस्विर ।
A A A
A A A

१८ असार, रामेछाप । ससुराली जान्छु भनि घरबाट हिडेका एक पुरुष रुखमा झुण्डीएको अवस्थामा भेटिएका छन् ।



गोकुलगंगा गाउँपालिका वडा नम्बर –४ बेतालीको साबिक देउराली टोलका रामकृष्ण भुजेलका छोरा ३२ वर्षीय बिष्णु भुजेल दोलखाको तामाकोसी गाउँपालिकाको वडा नम्बर ७ हावामा पर्ने ससुराली जान्छु भनि घरबाट हिडेका थिए । तर, उनी छहरेको जङ्गलमा रुखमा झुन्डिएको अबस्थामा फेला परेको बेतालीका स्थानीय एवं नेपाली कांग्रेसका नेता सिताराम कार्कीले जानकारी दिए ।

 



भुजेल झुण्डीएको अवस्थामा भेटिएको खबर ससुराली तर्फबाट आएको बताइएको छ । उनको शव पोस्ट मार्टमका लागि दोलाखाको जिरी अस्पतालमा राखिएको छ ।