रामेछापमा फल कुहाउने औंसा किरा र सिट्रस ग्रिनिङ रोकथाम तथा नियन्त्रणको लागि सचेतना र्याली (फोटोफिचर)
१८ असार, रामेछाप । रामेछापको रामेछाप नगरपालिकामा फल कुहाउने औंसा किरा र सिट्रस ग्रिनिङ रोकथामको लागि सचेतना र्याली कार्यक्रम गरिएको छ ।
शनिबार नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वय इकाई रामेछापको आयोजनामा सचेतना र्याली सम्पन्न भएको हो ।
र्यालीमा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का, रामेछाप नगरपालिकाका प्रमुख लब श्रेष्ठ, उपप्रमुख बालाकुमारी कार्की, कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङ्, लगाएत नगरपालिकाका कर्मचारी, पत्रकार, संचारकर्मी, कृषकहरुको सहभागीता रहेको थियो ।
र्यालीमा सहभागीहरुले रोगलाई नियन्त्रण गर्नको लागि गर्नु पर्ने उपाए, अपनाउनु पर्ने विधि लगाएत सचेताना मूलक नाराहरु लेखिएका प्लेयकार्डहरु प्रर्दशन गरेका थिए ।
तस्विरहरु हेर्नुहोस्
तस्विर रामचन्द्र बि.क