दोरम्बा शैलुङ्मा भएको स्वास्थ्य शिविरमा १३० जनाले सेवा लिए

| असार १९, २०७९ आइतबार

A A A
A A A

१९ असार, रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दोरम्बा शैलुङ् गाउँपालिकामा आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा एक सय जना बढिले निःशूल्क सेवा लिएका छन् । 

 

गत शनिबार आयोजित निःशूल्क स्वास्थ्य शिविरमा एक सय ३० जनाले आँखा, दाँत, मानसिक रोग, आयुर्वेद, प्रयोगशाल, ल्याब, र निःशूल्क औषधि सेवा लिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वस्थ्य अधिकृत भुवन थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

पालिकाको दुर्गम बस्तीका थामी जातीलाई लक्षित गरि आयोगजना गरिएको उक्त शिविरमा गर्भवती महिलाहरुको समेत स्वास्थ्य परिक्षण गरिएको थियो । ‘यो ठाउँमा सम्भवत पहिलो पटक स्वस्थ्य शिविर आयोजना गरिएको र गर्भवती महिलाहरुमा धेरै मात्रामा समस्या देखिएको छ थापाले रामेछाप टाइम्ससंग भने ।’ 

हार्ड् जोर्नी, उच्च रक्तचाप, पाचनप्रक्रिया सम्बन्धि समस्या (ग्यास्ट्रिक), छाला, नाक, कान घाँटी दाँत सम्बन्धि विभिन्न समस्या उल्लेख्य मात्रामा देखिएको उनले बताए । आँखामा जलबिन्दु, मोतिया बिन्दु लगाएका समस्या धेरै देखिएको उनले बताए । 

 

दुई जना मेडिकल अधिकृत, एक विशेषज्ञ, एक जना आँखा रोग विशेषज्ञ, दुई जना दन्त रोग विशेषज्ञा, आयुर्वेदका कबिराज एक, जनस्वास्थ्य अधिकृत लगाएतको टिलीले बिरामीहरुको सेवा गरेका थिए ।