काठमाडौंमा दिउँसै चोरी गर्ने रामेछाप गौश्वाराका २ सहित ६ जना पक्राउ

| असार २२, २०७९ बुधबार

A A A
A A A

२२ असार, रामेछाप । काठमाडौंमा दिउँसै चोरी गर्ने रामेछापका दुईसहित ६ जना पक्राउ परेका छन् । 

 

पक्राउ पर्नेमा रामेछापको शैलुङ दोरम्बा गाउँपालिका–४ गौश्वारा स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–४ बस्‍दै आएका १९ वर्षीय निरज थापा मगर र  गौश्वारा घर भइ हाल काठमाडौं महानगरपालिका–४ बस्‍दै आएका २० वर्षीय विशाल थापा मगर छन् । 

चोरीका सामानहरु, स्रोत नेपाल प्रहरी । 

त्यस्तै बागलुङ नगरपालिका –७ घर भई हाल काठमाडौं महानगरपालिका–४ बस्‍दै आएका ३० वर्षीय सचिन विश्‍वकर्मा, सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्‍दै आएका ४७ वर्षीय अमितबहादुर श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिका गेर्खु घर भई हाल फर्पिङ बस्‍ने ४३ वर्षीय बुद्धविर तामाङ रहेका छन् । 

 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विभिन्‍न स्थानबाट चोरी गरेको आरोपमा बुधबार पक्राउ गरेको जनाएको छ । 

 

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १७ थान विभिन्न कम्पनीका मोबाइल, ३ थान सिक्री, २ थान ब्रासलेट, ७ थान औठी, २ थान लकेट, १ थान सुनको सिक्री, ८९ हजार नगद र २२० सीसीको निलो पल्सर बाइक बरामद गरेको छ ।

 

पक्राउ परेका उनीहरुमाथि थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ