मन्थलीमा बिहे गर्छु भनि फकाएर १५ वर्षीय बालिकामाथि बलत्कार, भलुवाजोरका माझी पक्राउ

| असार २२, २०७९ बुधबार

फोटो स्रोत, जिल्ला प्रहरी रामेछाप
A A A
A A A

२२ असार, रामेछाप । विवाह गर्छु भनि ललाई फकाई १५ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । 


पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरका २८ वर्षीय गोविन्द माझी हुन् । उनलाई मंगलबार सिन्धुली जिल्ला ग्वालटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु ढकालेले जानकारी दिए ।  

 

उनले मन्थली नगरपालिका वडा नं १ बसपार्क स्थित हरि माझीको घरमा सपनी माझीले कृतिका थकाली गेष्ट हाउस संचालन गर्दै आएकोमा सोही गेष्ट हाउसमा ललाई फकाई करणी गरेको अनुसन्धनबाट खुलेको ढकालले बताए । 

 

 

माझीले ती बालिकालाई विवाह गर्छु भनि फकाई जबरजस्ती करणी गरी फरार रहेको बताइएको छ ।

 

 

पक्राउ परेका माझीलाई जिल्ला अदालत रामेछापबाट म्याद मिलान गरेर अनुसन्धान भैरहेको सूचना अधिकारी ढकालले बताए ।