बस दुर्घटनाका उपचारत तीन जना डिस्चार्जः १९ को उपचार जारी, चलकमाथि अनुसन्धान् हुदै

| असार २३, २०७९ बिहिबार

तस्विर बस चालक, स्रोत जिल्ला प्रहरी कार्यालय रामेछाप ।
A A A
A A A

२३ असार, रामेछाप । लुभुघाटमा यात्रु बाहक बस दुर्घटनामा घाइते उपचारत तीन जना डिस्चार्ज भएका छन् । २२ जना घाइते मध्ये तीन जना बुधबार डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 


गत मंगलबार सुनापती गाउपालिका वडा नं ५ लुभुघाटमा, सुनापती स्वाराबाट काठमाण्डौ जांदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुदा बसमा सवार १३ जनाको मृत्यु भएको थियो । 

 

अब १९ जना घाइतेहरुको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटना ग्रहस्त सवारी चालक दोलखाको शैलुङ गाउँपालिका वडा नं १ बस्ने ३४ वर्षीय प्रेम घतानीमाथि अनुसन्धान भैरहेको छ । 

 

उनीमाथि जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान भईरहेको ढकालले बताए । बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको बस सडकबाट ३०÷३५ मिटर तल खसेको थियो ।