३० जिल्लामा निषेधाज्ञा जारी, (तथ्याङ्कसहित)

| बैशाख १९, २०७८ आइतबार

संकेतिक फोटो
A A A
A A A

१९ वैशाख, काठमाडौं । कोरोना महामारीले विकराल रुप लिँदै जाँदा देशभरका अधिकांश जिल्लाले निषेधाज्ञा जारी गरेका छन्। गृह मन्त्रालयले शनिबार साँझसम्ममा २९ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ। यस्तै मकवानपुरले पनि आज रातिदेखि जिल्लाका केही ठाउँमा निषेध आदेश जारी गरेको छ। 

 

गृह मन्त्रालयका अनुसार २३ वटा जिल्लामा  पूर्ण र ७ जिल्लामा  आंशिक निषेधाज्ञा जारी भएको छ।  निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आइतबारदेखि लागू हुनेछ।  मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।  मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ। 

 

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्लामा जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। 

 

निषेधाज्ञा जारी गरिएको कास्की र सुनसरी जिल्लामा भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ।  सल्यान, डडेल्धुरा, रुकुम पश्चिम, बाजुरा, उदयपुर, काभ्रे, सल्यान र झापामा भने आइतबारदेखि मात्रै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ। 

 

मकवानपुरमा आइतबार रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार