स्वर्गीय आइती माझीको परिवारलाई सहयोग

| असार २७, २०७९ सोमबार

A A A
A A A

२७ असार, रामेछाप । फोक्सोमा पानी जमेको कारण ९१ वर्षको उमेरमा निधन भएकी आईती माझीको दाहासंस्कार बापतको खर्च पोखराबाट एक सहयोगीले सहयोग गरेकी छन् 

 


मन्थली नगरपालिका वडा–८ गाईखुराकी ९१ वर्षकी वृद्धामाझीको निधन भएपछि उनको परिवारको अवस्था कमजोर खबर पाएपछि पोखराबाट रजनी स्याङ्बो (तामाङ्) ले पत्रकारीताको माध्यामबाट संकलन गरेर दाहासंस्कार बापतको खर्च स्वरुप नगद रु १५ हजार पठाएको रकम पीडित परिवारलाई हस्तान्तरण गर्दै बालकृष्ण माझीले रामेछाप टाइम्सलाई बताए । 

 

स्याङबो आफै आएर रकम हस्तान्तरण गर्ने भनिएपनि मौसमको कारण नसकेको सुनाउदै माझीले निधन भएकी माझीका छोराको हातमा रकम हस्तान्तरण गरेका थिए ।

 

गाइखुराकी माझीकी अगुमा आइतीको एक साता अगाडि निधन भएको थियो ।