मन्थली-खिम्ती सडक अबरुद्ध

| असार २७, २०७९ सोमबार

बान्द्रेको पहिरो तस्विर ज्ञानु श्रेष्ठ ।
A A A
A A A

२७ असार, रामेछाप । अबिरल बर्षाको कारण मन्थली–खिम्ती सडक अबरुद्ध भएको छ । पटक पटक लेदोसहितको पहिरो खस्दै आएको मन्थली–खिम्तीको बान्द्रे भन्नेस्थानमा आज पनि माथिबाट आएको लेदोसहितको पहिरोले बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रामेछाप सूचना अधिकारी राजुप्रसाद ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘आज दिउँसोदेखि परेको भारी बर्षाले बान्द्रेमा लेदोसहितको पहिरो खस्दा सडक अबरुद्ध भएको छ । मन्थली नगरपालिकाको जेसीबी जाने तयारीमा छ, सूचना अधिकारी ढकालले रामेछाप टाइम्सलाई बताए । 

 

बाटो खुलाउन पहल भएकाले चाडै सुचारु हुने उनले बताए । सोही ठाउँमा हिजो पनि पहिरो खस्दा करिब २ घण्टापछि संचालनमा आएको थियो । 

 


बर्खा सुरु भएएता त्यहाँ पटक–पटक लेदोसहितको पहिरो बाटोमा थुप्रिदै आएको छ ।